यो वर्ष रुकुममा कुनै पनि परम्परागत मेला पात जात्रा नलाग्ने ,
एस के सर्जन ,
कार्तिक ३ ,सुर्खेत – कर्णाली प्रदेश रुकुम पश्चिममा यो वर्ष दसैंको अबसरमा लागदै आएका परमपरागत मेला पात भिडभाड गोष्ठी सभाहल नगर नगराउन जिल्ला प्रशाशन रुकुमले सम्बन्धित निकाएमा जानकारी गराएको छ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा २६ गते रुकुम जिल्लाका राजनीतिकदल र जिल्लाको सिडियोको सामान्यमा बसेको बैठकेल यस्तो निर्णय गरेको हो ।
मेलापात भिडभाड गोष्ठी सभाहल जस्ता कार्य गर्नाले कोरोना महामारीको संक्रमण झनै फैलन सक्ने भएको हुँदा यस्तो निर्णय गरिएको हो प्रशाशनले बताएको छ।
तेस्तै कसैले अटेरी गरि मेलापात, भिडभाड, गोष्ठी ,सभाहल, जाडरक्सि खाएर होहल्ला गरेको पाएमा कानुन अनुसार कडा भन्दा कडा कानूनी कारबाही गरिने समेत सम्बन्धित निकायले जानकारी गराईएको छ।
हिन्दुहरुको चाड बडा दशैँ नजिकिएको र कुनै तेस्त अप्रिय घटना घटना नदिन भन्दै अहिले रुकुममा कडा रूपले प्रहरी परिचालन गरिएको रुकुमका डिएसपीले जानकारी दिए।

