योगेश रैकाल जम्दै अभिनयमा,”अरी गई बर्बाद”सार्वजनिक
काठमाडौं-नेपाली गीतसंगीतको बजारमा एक पछी अर्को गित आउने क्रममा आर.एस फिलिम्सको प्रस्तुति “अरी गइ बर्बाद” सार्वजनिक भएको छ । कल्पना बिसी र कृपाल बिसिको स्वरमा रहेको गीतको शब्द सृजना लालु रैकालले गरेका हुन् भने अरिपाल बिसिको संगीत रहेको छ ।
संजयको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन जगत एसीले गरेका छन् । शोनु बिकले छायांकन गरेको म्युजिक भिडियो कृष्ण बाबुले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा योगेश रैकाल,रुचिका पार्की र शुसिल थापाको अभिनय रहेको छ । म्युजिक भिडियो बिशेष फिलिम्सको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

