Gold
Bangad salyan

आज उपत्यकामा ४०४ संक्रमित थपिए १२ जनाको मृ,त्यु ,

मङ्सिर २५ ,काठमान्डौ – आज उपत्यकामा थप ४०४ जना नँया कोरोना संक्रमित थपिएका छन्। जसमा काठमान्डौमा ३ सय २८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै गत २४ घन्टामा कोरोनाबाट १२ जनाको निधन भएको छ ,हाल सम्म कोरोनाबाट मर्नेको संख्या १६ सय ६३ पुगेको मन्त्रालयको तथ्याङ्क छ।

गत २४ घन्टामा नेपालभरीबाट थप १२ सय १७ जना नँया कोरोना संक्रमित थपिएका छन् ।७हजार २३२ पिसीआर परिक्षणमा सो संख्या फेलापरेपछि नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५,हजार ६५० पुगेको हो।

तेस्तै गत २४ घन्टामा १,हजार ६४ हजाले कोरोनालाई जितेर घर फर्केपछि हाल सम्म कोरोनालाई जित्नेको संख्या २ लाख ३१,हजार ६०१पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस्टि गरेको छ।