‘नेसनल इन्टरटेनमेन्ट अवार्ड–२०२१
काठमाडौं-लामो समयदेखि कोभिड—१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरञ्जन क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक तथा मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले यो अवार्ड गर्न लागिएको हो। अवार्ड माघमा काठमाडौंमा गरिने आयोजक कमिटीका अध्यक्ष रोशन पोखरेलले बताए।मनोरञ्जन क्षेत्रका सम्पूर्ण विधा समेट्दै ‘नेसनल इन्टरटेनमेन्ट अवार्ड–२०२१ हुने भएको छ।
आवेदनका लागि दर्ता खुला गरिएको छ। माघ १५ गतेसम्म फारम भर्न सकिनेछ। २०१९ जनवरीदेखि २०१९ डिसेम्बरसम्मका गीतसंगीत समावेश गरिनेछ भने नवप्रतिभाका लागि गीत सार्वजनिक भएको हुनुपर्नेछ। क्रिएटिभ इन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको अवार्डका अध्यक्ष रोशन
पोखरेल हुन् भने अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सूर्य चन्द रहेका छन्। उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायकगायिका, पर्व विशेष गीत, भेग विशेष गीत, भजन, पप र आधुनिक गायकगायिका, भाषाभाषिका गीत, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एन्ड कल्चरलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने बताइएको छ।

