Gold
Bangad salyan

चिनियाँ राजदूत र प्रचण्डबीच के के भयो छलफल कुराकानी ,

पुष ९ ,काठमान्डौ – चिनियाँ राजदूत होउ यान्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज बिहान भेट भएको छ । यान्छी दाहाललाइ भेटेर आज बिहान फर्किसकेको सचिवालय श्रोतले जानकारी गरेको छ।

दुवैबीच भएको छलफलमा के कुरा भयो भन्नेभने खुलाईएको छैन। नेपालको राजनीतिमा चीनले विशेष चासो दिएको देखिन्छ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन नदिन सक्रिय रहेकी यान्छीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेकपामा आअन्तरिक विवाद हुँदा चिनियाँ राजदूतले केपी ओली,प्रचण्ड र माधव नेपालसँँग भेट्ने गरेकी छन्। मंगलबार साँझ राष्ट्रपति विद्या भण्डारीसँग पनि राजदूत यान्छीले शीतल निवासमा भेट गरेकी थिइन्।