एमालेको केन्द्रीय सदस्य बनेका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किए,
चैत १ ,काठमान्डौ – नेकपा एमालेको केन्द्रीय सदस्य बनेका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् । बिस्ट दुई दिनअघि मात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका थिए।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि सांसद विष्ट पार्टीमा फर्किएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।
आफुहरुले पहिलेदेखिनै छलफल गरिरहेको र आज अधय्क्ष प्रचण्डसंगको छलफलमा बिस्ट पुन: हामीसंगै फर्किनु भएको हो नेपालिले रंग दर्पण संग भनिन। शनिबार माओवादी केन्द्रले २४ घण्टाभित्र आफ्ना सांसदहरुलाई पार्टीमा फर्कन अल्टिमेटम दिएको थियो ।
जसका कारण सांसद विष्ट पार्टीमा पुनः फिर्ता भएको बुझीएको छ ,विष्ट २०७४ सालको निर्वाचनमा माओवादीका तर्फबाट कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित भएका थिए । तेस्तै माओवादी केन्द्रले केपी ओलीसंग रहेका आफ्ना सांसद मन्त्रिहरुलाई तत्काल आफ्नो पार्टीमा फर्किन निर्देशन दिएको छ।

