रुकुम पश्चिम चौरजाहारी भेरी पुलमा पुलको डन्डी भाँचीएपछि स्थानीयलाई हिड डुल गर्न गाह्रो ,नगरपालिकाको छैन चासो ,
चैत १ ,रुकुम पश्चिम -कर्णाली प्रदेश रुकुम पश्चिम चौरजाहारी नगरपालिका वडा नम्बर ३ स्यालखोलाको सुख्खा खानेपानीको टेन्कि नजिकै दमारमा हरेको भेरी नदि पुलको डन्डीहरु बीचबाट भाचिएपछि स्थानीय त्रासमा हिडी रहेका छन्।उक्त क्षेत्रबाट जाजरकोट मटेलामा जोडिएको पुलको डन्डीहरु भाचिएको हो ।
स्थानीयले चौरजाहारी नगरपालिकालाई पटक – पटक जानकारी गर्दापनि नगरपालिकाले कुनै सुनुवाई नगरेको गुनासो ब्यक्त गरेका छन्। स्थानीयले भेरी पुलबाट वारपार गर्ने जनावर आवत जावत गर्ने पुलनै बीचबाट डनडि भाँचीएपछि हिड डुल गर्न गारो समेत भएको छ।

