Gold
Bangad salyan

जुम्लाको ढिपु गाउँमा आगलागी हुँदा ३५ घर जलेर नस्ट ,

चैत २२ ,जुम्ला – जुम्लाको तिला गाउँपालिका,९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । मुल्ली गाउँका ७५ घर मध्ये ३५ घर जलेर नष्ट भएको वडा अध्यक्ष शेरबहादुर बोहोराले बताए ।

गाँउमा अपर्याप्त पानि नभएको हुँदा आगो नियाँत्रन्म अल्युआन कठिन भएको बोहोराले बताए। आगलागी भएको जानकारीपछि तत्काल उद्धारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएका घटनास्थलतिर पठाइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आगलागी भएको ढिपु गाउँको बर्षायाममा ६ महिना बस्ने बस्ती हो । यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकोले सबै ढिपु गाउँमा बसेका थिए । मुल्लीमा बर्षायाममा भण्डारण गरिराखेको अन्नपात लत्ता कपडा सबै जलेर नस्ट भएको हो ।