Gold
Bangad salyan

फेरी बढ्यो ईन्धनको मूल्य ,

चैत २२ ,काठमान्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । आइतबार निगमले पेट्रेल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १२० पर्नेछ भने डिजेल र मट्टीतेल १०२ रुपैयाँमा पाइनेछ । यसअघि चैत ३ गते मूल्य बढाएको निगमले चैत महिनामा फेरि मूल्य बढाएको हो । निगमले बढाएको मूल्य आइतबार राति १२ बजेबाट लागू हुनेछ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) ले १ अप्रिल २०२१ मा पठाएको मूल्य अनुसार अहिले नेपालमा समायोजन गरिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए पनि नोक्सानी बढेको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाए पनि हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत राखेको छ ।