नेपाल राष्ट्र बैंककी निर्देशक पक्राउ ,
चैत २३ ,काठमान्डौ – नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई काठमान्डौको दर्बारमार्गबाट पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार ८४ वर्षीया जेष्ठ नागरिक आमाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
उनीविरूद्ध जेष्ठ नागरिक ऐन अन्तर्गत जाहेरी परेको एसएसपी सिंहले बताए। सुष्माले आफ्नी आमाको तीन करोड बढी सम्पत्ति लिएर हेरचाह नगरेको भन्ने जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको बताएको छ ।
उजुर पहिलेनै परेको पनि सिंहले बताए ,आफुहरुले आमालाई हेरचाह गर्नुपर्छ भनेर काउन्सिलिङ्ग गर्दापनि उनले अटेर गरेको र अदालतबाट स्टे अर्डर लिएर आएपनि त्यो खारेज भयो ,त्यसपछि मुद्दा दर्ता भएर प्रहरीले पक्राउ गरेको ह। उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पनि पाइसकेको छ । हामि अनुसन्धानमा छौ एसएसपी सिंहले भन।

