Gold
Bangad salyan

नेपालमा आज सबैभन्दा बढी ९ सय कोरोना संक्रमित थपिए स्वास्थ्य मन्त्रालय,

बैशाख ३ ,काठमान्डौ – नेपालमा आज सबैभन्दा बढी ९ सय कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । तेस्तै आज थप २०८ जना निको भएर घर फर्केपछि निको हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ ।तेस्तै आजको मितिसम्म आइसोलेसनमा ५ हजार ८ र क्वारेन्टाइनमा ७७ जना रहेका छन् ।