Gold
Bangad salyan

माओवादीको स्थायी कमिटि बस्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने ,

बैशाख ६ ,काठमान्डौ – नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्न लागेको छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने माओवादी नेताहरुले बताएका छन्।

गत फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताईदिएपछि बाम गठबन्धन सरकार विघटन भएको छ। माओवादी केन्द्रका अधय्क्ष प्रचण्ड र एमाले केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा छन् ।

तर अहिले सम्म सरकार निर्माण समीकरण बन सकेको छैन भने माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नहुँदा नयाँ सरकार बन्न नसकेको प्रतिपक्षदलहरुले आरोप लगाईरहेका छन्। हिजोमात्र चितवन पुगेर प्रचण्डले अब छिट्टै नयाँ सरकार बन्ने दाबि गरेका थिए।