पिसिआर परीक्षणको लागि प्रचण्डले दिए स्वाब
काठमाडौं, २४ बैशाख नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पिसिआर परीक्षणको लागि स्वाब दिएका छन् ।
संघीय संसद भवन परिसर पुगेर दाहालले हिजो स्वाब दिएका हुन् । तेस्तै आज प्रधानमन्त्री केपि शर्मा ओलीले पनि स्वाब दिएका छन ।
यही बैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । बैठकमा सहभागी हुनुअघि सबै सांसदहरुको पिसिआर परीक्षण गरिएको छ ।
अलिहेसम्म स्वाब दिएकामध्ये चार जनामा कोरोना पोजेटिभ देखीएको छ ।

