Gold
Bangad salyan

थप ८ हजार ४१८ जना संक्रमित फेला ५३ को मृ,त्यु ,

,काठमान्डौ – गत २४ घन्टामा थप ८ हजार ४१८ जना संक्रमित फेला परेका छन् भने ५३ को मृ,त्यु भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।

यस्तै आज ५३ जना संक्रमितको मृ,त्यु भएको छ ,यो पछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३,हजार ६३२ पुगेको छ। अब कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० जना पुगेका छन् ।

पछिल्लो समय ३,हजार ३७० जना डिस्चार्ज भएका छन्। हाल सम्म २ लाख ९८,हजार ७६५ जनाले कोरोनालाई जितेका छन्।

हाल सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको हो ।