Gold
Bangad salyan

संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन प्रचण्डको सबै सदस्यलाई आग्रह

वैशाख २५,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको दुरूपयोग गरेको आरोप लगाएका छन्।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको बताएका हुन्।

‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ ।

यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दैछ’, उनले भनेका छन्।

उनले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।

उनले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुनसमेत सबै संवैधानिक परिषद्का सदस्यहरुसँग अनुरोध गरेका छन्।