केपी ओलीका विश्वासिला पात्र महन्त पनि देउवातिर ,
वैशाख २६ ,काठमान्डौ – प्रधानमन्त्री ओलीका विश्वासिला पात्र मानिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि ओलीलाई साथ् नदिने संकेत गरेको छ।
ओलीले समाजवादी पार्टीलाई संसद्को अंकगणितमा निर्णायक खेलाडीका रुपमा हेरेका थिए। तर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।
बूढानिलकण्ठमा देउवासँग करिब डेढ घण्टा छलफल गरेका उनीहरुले प्रधानमन्त्री ओलीको विपक्षमा मत राख्ने वा तटस्थ रहने संकेत गरेको श्रोतले जनाएको छ। यसअघि अध्यक्ष उपेन्द्र यादवले पनि देउवासँग छलफल गरिसकेका छन् ।
अध्यक्ष महन्थ ठाकुर यो भन्दा अगाडी प्रधानमन्त्री ओलीको पक्षमा देखिएका थिए , प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा जसपा पार्टीमा दुईटा धार देखिएपछि महन्त ठाकुरपनि तटस्थ रहने बताईसकेका छन् ।
उपेन्द्र यादव र डा बाबुराम भट्टराईसहितको समूह ओलीलाई हटाएर नयाँ सरकार बनाउने पक्षमा छ भने ठाकुर र महतो ओलीसँग निटक देखिएका छन्। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीलाई सात नदिने बताईसकेका छन्।

