Gold
Bangad salyan

महन्त र राजेन्द्र वालुवाटार पुगेर प्रधानमन्त्रीलाई भने हामी तपाईलाई विश्वासको मत दिन सक्दैनौ

वैशाख २६ ,काठमान्डौ – जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेर आफुहरुले विश्वासको मत दिन नसक्ने बताएका छन्।अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।

करिब डेढ घन्टाको छलफलपछि उनीहरु सिधै वालुवाटार पुगेका थिए। जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् ।

महन्त र महतोले ओलीलाई साथ नदिने बताएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको छ। एमालेकै माधव खनाल पक्ष, माओवादी केन्द्र र नेपाली कांग्रेस पनि ओलीको विपक्षमा उभिएका छन् ।

अध्यक्ष महन्थ ठाकुर यो भन्दा अगाडी प्रधानमन्त्री ओलीको पक्षमा देखिएका थिए ,प्रधानमन्त्री ओलीले भोलि सोमाबर २७ गते विश्वासको मत लिने भन्दै संसदको विशेष अधिवेशन बोलाइएको छ ।