प्रधानमन्त्रीले मधेशीलाई फकाउन आँप खुवाउदै हुनुहुन्छ :उपेन्द्र यादव
वैशाख २७ ,काठमान्डौ – जसपाका नेता उपेन्द्र यादवले देश कोरोना महामारीले आक्रान्त बनेको बेला प्रधानमन्त्री ओली राममन्दिर बनाउने अभियानमा लागेको कटाक्ष गरे ।
प्रधानमन्त्री अोलीले विश्वासको मत लिनका लागि बोलाएको बैठकको संसदम बोल्दै यादवले ओलीलाई संघीयता विरोधी भएको आरोप लगाए ।उनले त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई कसैले पनि निस्तेज पार्न नसक्ने भन्दै ओली त्यही बाटोमा रहेकाले कसरी विश्वासको मत दिने भन्दै प्रश्न गरे ।
त्यस्तै ओलीले मधेसी दललाई फकाउने प्रयास गरिरहेको आफूले बुझेको भन्दै त्यो राजनीतिक स्वार्थ बाहेक केही हुन नसक्ने उनले बताए । मधेशको मुद्दा उठाउँदा भएको आन्दोलनमा मरेका नागरिकलाई प्रधानमन्त्रीले दुई चार वटा आँप खसे भनेर बोल्नु भएको थियो।
ओलीले अहिले त्यही आँप खुवाउन खोजेको भन्दै आक्रोश पोखे । जुन संसदमाथि उनकै विश्वास छैन उनलाई कसरी विश्वासको मत दिने भन्दै प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने उनले बताए।

