Gold
Bangad salyan

मत दिनुहोस संसद् पाँच वर्ष चलाऔ प्रधानमन्त्री ओली ,

वैशाख २७ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले आफुलाई विश्वासको मत दिन र संसद् पाँच वर्ष चलाउने अन्यथा संसद् पून: भंग गर्ने संकेत गरेका छन् ।मुद्दा लडेर ल्याउनु भएको संसद् हो आउनुस मत दिनुहोस संसद चलाऔ उनले भने।

आज आफूले विश्वासको मत लिदै गर्दा सांसदहरुको जवाफमा उनले यस्तो बताएका हुन्। सरकारले गरेका कामहरुलाई केहि अगरेको भनेर अपव्याख्या नगर्न पनि उनले बताए।

अब संसद् चल्छ वा चल्दैन भनेन आम नेपाली जनताको चासो रहेको छ भनेन सांसदको प्रश्नमा ओलीले जवाफ दिदै ठिक छ मैले मत मागेको छु ,मत दिनुहोस संसद् चलाऔ उनले भने। तेस्तै धरहरा निर्माण भएरनै आफुले उद्घाटन गरेको ओलीले बताए।अद्यादेश सवैधानिक व्यवस्था रहेको पनि उनले बताए।

आफुलाई कामगर्न पनि नदिने अविश्वासको मत पनि नराख्ने गर्दानै आफूले राजीनामाम नगरेको ओलीले बताए ,आफूसंग बहुमत भएको कारणले राजीनामा नगरेको उनले बताए।आफूले विकल्प प्रस्तुत गर्नको लागि नै विश्वासको मत मागेको पनि प्रधानमन्त्रीले सुनाए।

आफूले सरकारको नेतृत्व गर्नुपर्ने छैन भने आजनै संसद्ले मार्गदर्शन गरिदिनुपर्ने पनि ओलीले बताए। सबै भन्दा बढी सिट जनमत भएको पार्टीले सरकारको नेतृत्व गर्ने अधिकार म संग छ तेसैले मैले विश्वासको मत राखेको छु। आज कसको उपस्तिथित छ कसको छैन भन्ने म पनि बुज्छु उनले भने।