Gold
Bangad salyan

देउवा, दाहाल र यादवद्वारा सरकार गठनकोलागि संयुक्त वक्तव्य जारी,

,वैशाख २७ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा विश्वासको मत गुमाएपछी विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।