Gold
Bangad salyan

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

वैशाख २८,काठमान्डौ – काठमाडौं उपत्यकामा निषेधाज्ञामा दुई साता थप भएको छ । उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप भएको र अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

यो भन्दा अगाडी पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम हुने गरेका थिए। अब भने यो कार्य रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने उनले बताए । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाको दायरा फराकिलो पार्ने निर्णय गरेको हो।

यस्तै, अत्यावश्यकबाहेक कामका सरकारी तथा अन्य कार्यालयहरू पनि बन्द गर्ने निर्णय गरिएको पराजुलीले बताए। अत्यावस्यकका बिहान ९ बजे सम्म खुल्ला हुने गरेका पसलहरु भने बिहान १० बजे सम्म खोल्न पाईने छ।

यस्तै, राष्ट्रिय महत्वका विकास आयोजनाबाहेकका सबै विकास निर्माणसँग सम्बन्धित काम पनि बन्द गरिने छन्। त्यस्ता काममा आवासीय रूपमा खटिएर काम गर्नेलाई मात्र छुट दिइने पराजुलीले बताए।

नेपालमा कोरोना सङ्गक्रमण बढेपछि सरकारले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी भएको थियो । तेस्पछि एक हप्ता थपेर २९ गते सम्म बढाईएको थियो। निषेधाज्ञाको समय भोलि सकिने भएपनि आजै प्रजिअहरुको बैठकले १५ दिन निषेधाज्ञा थप गरेको हो ।