Gold
Bangad salyan

माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा

वैशाख ३०,काठमान्डौ – नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकताको भावनालाई ध्यानमा राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै चैत १६ गते नेपाल र रावलाई साथै १९ गते भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको थियो ।