नेतामा विवेक सकियो (माग्ने बुढा )
वैशाख ३० ,काठमान्डौ – नेपाली चलचित्रका हाँस्य कलाकार नायक केदार घिमिरे (माग्ने बुढा)ले जनतामा धैर्य सकिएको बताएका छन् ।
नेपालमा दैनिक जस्तो कोरोना संक्रमण बढ्दै गईरहेकोबेला स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउनु पर्ने बताईरहेका बेला उनले यस्तो बताएका हुन्।
अस्पतालमा अक्सिजन आपूर्ति हुन नसक्दा दैनिक जस्तो सयौको संख्यामा ज्यान गईरहेको बेला कलाकार केदार घिमिरेले जनताको धैर्यता सकिएको बताएका हुन् ।
घिमिरे सामाजिक सञ्जाल फेसबुकमा घिमिरे लेख्छन्- अस्पतालमा अक्सिजन सकियो । नेतामा विवेक सकियो । जनतामा धैर्यता सकियो । अस्पतालमा अक्सिजन नभएपछि अस्पतालले बिरामी फर्काउने गरेका छन्। नागरिकले सरकारको चौतर्फी विरोध गर्दै आईरहेका छन्।

