Gold
Bangad salyan

जनता भोकै मर्दैछन महन्त ठाकुर र राजेन्द्र महतोको एक छाक खानाको १४९० बिल सहित

एकै दिन खानको बिल रिसोर्टमा ९० हजार ०६१,

जेठ १ ,काठमान्डौ – जनता खान नपाएर भोक भोकै मरेको बेलामा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ,र राजेन्द्र महतो पक्षधर सांसदहरुले गत ३० गते एकै दिन १ लाख बराबरको बिल निकालेका छन्।उनीहरुले डोलेश्वरको भिलेज रिसोर्टमा ३० जनाको लन्च प्याकेजमा १४९० का दरले खाना खाएको बिल सार्वजानिक भएको हो।

३० जनाको लन्च प्याकेजको प्रति व्यक्तिको रु. १४९० को दरले ४४७००, ३० जनाको हाइ टी, जुस, कफी र कुकीसहित प्रतिव्यक्ति रु. ८०० का दरले २४००० र मिटिङ हलको ११ हजार । छुट छैन, १० प्रतिशत सेवा शुल्क छैन, १३ प्रतिशत भ्याट जोड्दा कुल बिल उठेको रकम रु.९००६१ हो ।

३० गतेको डोलेश्वर रिसोर्टमा खाएको बिल

सत्ता संघर्ष चल्दा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झालगायत डोलेश्वर रिसोर्टमा पुगेका थिए ।

नेकपा एमालेका महेश बस्नेतका सांसद महेश बस्नेत पनि उक्त कार्यक्रममा पुगेको तस्विर सार्वजानिक भएको थियो। सिपाडोलको डोलेश्वर भिलेज रिसोर्टमा महेश बस्नेतनिकट हरुको लगानी छ।

डोलेश्वर रिसोर्टमा उपस्तितित सांसद साथमा महेस बस्नेत ,

जसपाका १३ सांसद डोलेश्वर पुगेका थिए । तर, बिलमा ३० जना बसेको र खाएको उल्लेख छ भने बिलमा जसपा लेखिएको छ। सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, डोलेश्वर भिलेज रिसोर्ट रहेको वडा नं ८ का अध्यक्ष किरण थापा सक्रिय थिए । थापा उक्त रिसोर्टका लगानीकर्ता पनि रहेको बुझिएको छ ।

जसपा अधय्क्ष महन्त ठाकुर राजेन्द्र महतोले पछिल्लो समय सत्ता समीकरणमा प्रधानमन्त्री ओलीलाई साथ दिदै आएको छ।