उपेन्द्रले बैठक बोलाएपछि महन्तको आपत्ति
जेठ १ ,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएकोमा अर्का अध्यक्ष महन्त ठाकुरले आपत्ति जनाएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा जारी भन्ने खबरप्रति आफ्नो मेरो ध्यानाकर्षण भएको छ ।
त्यस्तै बैठकबारे समेत आफूलाई कुनै जानकारी नभएको उनले जनाएका हुन् ।“जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ः०० बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालबाट सूचना एवं समाचारहरु सम्प्रेषित भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।

