आईसोलेसनबाट सांसद बिष्टको सरकारलाई ध्यानआकर्षण :नागरिकलाई राहतको प्याकेज ल्याऔ
जेठ १ ,सुर्खेत – कर्णाली प्रदेशका सांसद ठम्मर बिष्टले आईसोलेसनबाट सरकारको ध्यानाकर्षण गरेका छन्। वर्तमान परिस्तिथिमा जनताको स्वास्थ्यमा कुनैपनि कमि सरकारले अधुरो राख्न नहुने बिष्टले बताएका हुन् ।
अक्सिजन आपूर्ती हुन नसक्दा प्रदेश अस्पताल सुर्खेतले कोभिड – १९ का बिरामी भर्ना नलिने विज्ञप्ति जारि गरेपछि सांसद बिष्टले त्यसतर्फ तत्काल प्रदेश सरकारको ध्यान जानुपर्ने बताए।
अहिले दैनिक जस्तो कोरोनाका बिरामीहरु बढ्ने मात्र हैन मृतकको समेत संख्या बढिरहेकोबेला सरकारले तत्कालै यस तर्फ ध्यान दिन जरुरि छ। अस्पतालले पनि बिरामीलाई भर्ना नगरी फिर्ता पठाउनु भन्दा आवस्यक परामर्श दिनुपर्ने अन्यथा बिरामीको मनोबल झनै घट्ने सांसद बिष्टले बताए ।
अहिलेको मुख्य काम भनेको हामीले जनतालाई कसरि बचाउन सकिन्छ भन्ने हो ,सरकारले लागे पुगे सम्म आफ्नो सम्पूर्ण क्षमता यो विषम परितिथितिमा लगाउने छ। अक्सिजनको कमीले अब कुनै बिरामीको ज्यान जान नपरोस मेरो प्रदेश सरकारलाई ध्यानआकर्षण छ उनले भने।
तेस्तै नागरिकलाई अहिले रोग संगै भोकको पनि चिन्ता समस्या भएको हुँदा सरकारले आवस्यक राहतको प्याकेज घोषणा गर्नुपर्ने बिष्टको भनाई छ। सांसद बिष्ट अहिले चिकित्सकको सल्हाअनुसार होम आईसोलेसनमा बसि रहेका छन्।
केहिदिन अगाडी स्वस्थ्यमा हल्का समस्या देखिएपछि परिक्षण गर्दा उनीमाथि कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभ देखिएपनि कोरोनाका कुनै लक्षण नदेखीएको बिष्टले रंग दर्पणलाई बताए।
यो पनि
कर्णाली प्रदेश अस्पतालले आजदेखि थप संक्रमित भर्ना नलिने यस्तो छ( विज्ञप्ति )

