कर्णालीका नयाँ दुई मन्त्रीले लिए शपथ
जेठ ३ ,सुर्खेत – कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन् ।
उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् ।
आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् ।
मन्त्रिपरिषद हेरफेर गर्दै तिन जना मन्त्रि नियुक्त गरेपनि दुइ जना मन्त्रिलाई सपथ गराईएको हो। प्रदेश सरकार गठनमा सहयोग गरेको प्रतिपक्षदल नेपाली कांग्रेससंग सरकारले आन्तरिक छलफल पनि गरिरहेको छ।कांग्रेसले थप मन्त्रि दाबी गरेपछि नवनियुक्त मन्त्रिहरुको सपथ रोकीएको थियो।

