रातभरी नसुतेर अस्पतालमा बिरामीहरुको निगरानी गर्छन मेयर हस्त पुन
जेठ ३ ,सुर्खेत – गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले रातभरी अस्पतालमा कोरोना बिरामीको निगरानी गर्ने गरेका छन्। कोरोना महामारीको बेला अस्पतालमा रहेका बिरामीलाई अक्सिजन आपूर्ति ,स्वास्थ्यपचार जुकाटमा मेयर पुन लागिपरेका छन्।
मेहेलकुना सिटि अस्पताललाई २५ सैयाको अक्सिजन सहितको बेड तयार पारि अहिले कोभिड – १९ संचालनमा ल्याईएको छ। अक्सिजन सहितका २५ सैयाको अस्पतालमा भने जम्मा १४ सिलिन्डर छन्र ति पनि सबै खालिनै रहेको उनले बताए।
सिलिन्डर भर्न पठाईयो भने आउन ४ देखि ५ दिन लाग्छ। अहिले हामि संग जम्मा ४ सिलिन्डर अक्सिजन मात्र छ, त्यो पनि दुईदिन टिक्दैन उनले भने। दैनिक जस्तो कोरोनका बिरामी बढिरहेकोबेला अक्सिजन कमि हुँदा प्रदेश सरकारले कुनै चासो नदिएकोमा मेयर पुनले दु:ख व्यक्त गरे।
अक्सिजन सिलिन्डरको लागि पहल गरेका छौ, तर कतैबाट उपलब्ध हुन सकेको छैन। प्रदेश अस्पताल सुर्खेतमानै अक्सिजन आपूर्ति हुनसकेको छैन भन्ने सुनिन्छ हामीलाई झनै गारो छ उनेल भने।
पुनका अनुसार पछिल्लो समयमा भने कोरोनाका जटिल बिरामी अस्पताल आउन घटेका छन् ,सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्ने र आवस्यक स्वास्थ्य परामर्श दिएपछि धेरै सचेत भएका छन्।
अहिले अस्पतालमा जटिल खालका कोरोनका बिरामी पनि तेती छैनन ,निको हुने र घर जानेपनि बढेको उनले बताए। अस्पतालमा डाक्टर, नर्स ,अहेव ,हेल्परहरुलाई बिरामीको निरन्तर चेक जाँचमा कुनै कमि नराख्न पुनले आग्रह गरे।
कोरोनाको दोस्रो लहरले भने नगरपालिकामा क्षति पुर्याएको उनले बताए। पहिलो चरणको कोरोना संक्रमणले तेती क्षति गरेको थिएन ,आवस्यक परामर्श पछि सन्चो हुने र तेती मृ,त्यु पनि हुने गरेको थिएन तर दोस्रो भेरीयण्टले नगरपालिकामा मृ,त्युको दर बढेको छ। नगरपालिका बासीको लागि उपचारमा आफुले सक्दो कुनै कमि नराख्ने मेयर हस्त पुनले बताए।

