Gold
Bangad salyan

गण्डकी प्रदेशमामा मन्त्रिपरिषद्‍ गठन: दीपक मनाङेले शपथ लिएनन

जेठ ५ ,पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिएका छन् ।

गुरुङले बुधबार पाँच मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् गठन गरेका हुन्। गुरुङले पहिलेकै मन्त्री किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे) लाई नियुक्त गरेका हुन्।

चार जनाले पद तथा गोपनीयताको शपथ लिएपनि दीपक मनाङे भने अनुपस्तिथित भएका छन्। किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने अन्य तीन मन्त्रीलाई जिम्मेवारी दिइएको छैन।

दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ। वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले तेही दिन कोरोना संक्रमण भई मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन ।