सामाजिक अभियानता जुनु मगर एस बर्षको मगर समुदायको उत्कृष्ट घोषणा
जेठ ६ बागलुङ- सामाजिक अभियानता जुनु मगर एस बर्षको मगर समुदायको उत्कृष्ट घोषणा भएकी छिन। सामाजिक अभियानता जुनु मगरलाई एस बर्षको मगर समुदाय को उत्कृष्ट घोषणा गरिएको हो।
बागलुङकि जुनु मगरलाई सामाजिक संस्था नेपाल मगर संजाल क्लबले एस बर्ष उत्कृष्ट मगर घोषणा गरिएको हो । जुनु मगरले मगर समुदायका अनाथ बालबालिकालाई आमाको माया उनले दिँदै आएकी छिन । जुनुले सडकमा रहेका हजारौ बालबालिकालाई पनि आनाथ आश्रममा लगेर राख्ने सहयोग गर्ने गरेकी छन्।
भाषा,कला,संस्कृति र भेषभुषाको संरक्षण, मगर एकता हाम्रो अभियान ´ भन्ने मूल नारा लिएर स्थापना भएको सो क्लबको गत बैशाख २५ गते भर्चुअल बैठकले जुनु पुनलाई उत्कृष्ट मगर वर्ष घोषणा गरेको मगर संजाल क्लबका अध्यक्ष तिलक पुन मगरले जानकारी दिए ।
क्लबले प्रत्येक वर्ष यस्तो उत्कृष्ट मगर घोषणा गर्ने कामलाई निरन्तरता बताएको छ । संजाल क्लब २०७७ सालमा दर्ता भएको हो ।

