राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु :बादल छाता ओढेर मतदान स्थलमा पुगे
जेठ ६ ,काठमान्डौ – राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । बादल र देवकोटासँगै नेमकिपाबाट कृष्णबहादुर तामाङ पनि चुनावी प्रतिस्पर्धामा छन् ।
मतदानस्थल हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविमा निर्धन गरिएको थियो। मतदानस्थलमा सुरक्षा जाँच कडा पारिएको छ।
मतदान आज दिउँसो सवा ३ बजेसम्म जारी रहने जनाईएको छ । मतदान सकीएपछि भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् ।

