चुनावबाट पछि हट्न भन्दै मलाई धम्कि आयो फोन रेकर्ड छ :खिमलाल देवकोटा
जेठ ९ ,काठमान्डौ – राष्ट्रिय सभा सदस्यमा निर्वाचित डाक्टर खिमलाल देवकाेटाले आफूलाई चुनावबाट पछि हट्न भन्दै धम्कि दिएको बताएका छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने देवकाेटाले आवश्यक परेमा तिनीहरूकाे नाम भन्दै गर्ने छु र कतिको त् भ्वाइस रेकर्ड नै राखेकाे पनि उनले बताए ।
तर म अडिग रहेँ । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौँ देवकोटाले लेखेका छन् ।
उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफू जस्ताबाट केही सिक्दा राम्रै हुने भन्दै चुनौति पनि दिएका छन् । ‘बोलेपछि, सही गरेपछि, वचनबद्ध भएपछि पुरा गर्नुपर्दछ ।
भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला । तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ ।
निष्ठा र इमानदारिताको राजनीतिबाट भागेर नहिँड्न सुझाव दिँदै बोली र इमानमा कटिबद्ध हुनुपर्नेमा डा. देवकाेटाले जोड दिएका छन् । जेठ ६ गते भएको उपचुनावमा उनले एमालेका उम्मेदवार रामबहादुर थापालाई भारि मतले पराजित गरेका थिए ।

