काठमाण्डाैका (सीडीओ) भन्छन खानै नपाएर सर्वसाधारण मर्ने अवस्था रहेन छ
काठमान्डौ – काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले एक हप्ताको लागि सबैले खाद्यान्न तरकारी किनेर घरभित्र राख्न आग्रह गरेका छन्।
हामीले सर्वसाधारणलाई दुःख दिने मनसायले निषेधाज्ञा गरेका छैनौ अहिले देशभर कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ। बुधवार काठमाण्डाैकाे नागढुङ्गा नाका अनुगमन गर्दै पराजुलीले अत्यावश्यकबाहेक सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको पनि बताए।
जेठ १४ गतेदेखि २० गतेसम्म काठमाण्डाैमा निषेधाज्ञालाई कडाइ गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरू खानै नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको पनि उनले बताए ।बिहान -बेलुकी छाक टार्न समस्या पर्नेहरुका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रबन्ध मिलाएको उनले बताए।
आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत त्यस्तो व्यक्तिलाई राहत उपलब्ध गराउने प्रबन्ध पनि मिलाएका छौँ। त्यस्तै नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गर्न सकिने पनि उनले बताए ।
उनले अगाडी भने कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँ–ठाउँमा दाल, चामल उपलब्ध गराउने प्रबन्ध पनि गर्छौँ । सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत बिक्री वितरणको व्यवस्था मिलाउने पनि पराजुलीले उल्लेख गरे।
प्रमुख जिल्ला अधिकारी पराजुलीले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधास्वामी सत्संग ब्यास नेपाल र मनमोहन अस्पतालमा निर्माण भइरहेको आइसोलेसन सेन्टरको अवलोकनसमेत गरेका छन् ।
काठमाडौं जिल्लामा एक हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न ठाउँमा आइसोलेसन सेन्टर व्यवस्थापन गरेको पनि उनले जानकारी दिए।

