गोरखाको बारपाकमा पुरै गाँउभरि कोरोना फैलियो दुई सातमा १२ को मृ,त्यु सरकारसँग सहयोगको अपिल
जेठ १३ गोरखा – गोरखाको बारपाकमामा कोरोना संक्रमणका बिरामी धमा धम बढिरहेका छन्। बारपाकमा दुई सातमा १२ जनाको मृ,त्यु भएको पाईएको छ। मृ,तक सबैमा कोरोनाका मिल्दा जुल्दा लक्षण फेला परेका छन् ।
यस्तै अहिले बारपाकको गाँउ बस्तिमानै ज्वरोका बिरामी फेला पर्ने गरेका स्थानीयबासी बताउँछन् । बाक्लो बस्तिमा एक्कासी कोरोना संक्रमितका बिरामी देखिन थालेपछि प्रदेश संघ सरकारले तत्काल सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले विज्ञप्ति जारी गरी सहयोगको अपिल गरेका छन्।
बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको अध्यक्ष भट्टले विज्ञप्तिमा उल्लेख गरेका हुन्। सिङ्गो गाँउभरिने कोरोनासंग मिल्दा जुल्दा बिरामी रहेको हुँदा तत्काल प्रदेश संघीय सरकारले चिकित्सकको टोलि पठाउनुपर्ने बताएका छन्।
घर घरमा पुगेर बिरामीको लागि चेक जाँच गर्न परामर्श र औषधि वितरण गर्ने काम यथाशीघ्र गर्नुपर्नेछ जसको लागि गाँउपालिका तयार छ अन्यथा गाँउनै कोरोनाको भयावह हुनसक्ने भट्टले बताएका हुन्।
भट्टका अनुसार अहिले बारपाकमा करिब एक हजार भन्दा बढीमा रुघाखोकी र ज्वरोको मिल्दोजुल्दो लक्षण देखिएको छ । यसलाई नियन्त्रण गर्न नसके ठूलो संख्यामा मानवीय क्षति हुनसक्ने भन्दै तत्काल यसमा ध्यान दिन उनले केन्द्र र प्रदेश सरकारलाई ध्यानआकर्षण गरेका हुन्।

