भेरी अस्पतालका डाक्टरहरुमाथि कुटपिट गर्ने जो कोहिलाई कारबाहीको माग गर्दछु :देउवा
जेठ १४ काठमान्डौ- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन ।
यो महामारीको बेला ठूलो जोखिम लिएर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथी आक्रमण हुनु निन्दनीय भएको देउवाले बताए ।घटनाको तत्काल छानबिन गरि आक्रमण संलग्नमाथी कडा कारबाहीको माग गर्दछु देउवाले भनेका छन ।
कोरोना संक्रमिको मृत्युको बिषयलाई लिएर हिजो नेपालगन्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथी कुटपिट भएको थियो । कुटपिट सुरु भएपछि ज्यान जोगाउन ४ स्वास्थकर्मीले अस्पतालको दुई तलामाथीबाट हाम फालेर बचेका थिए ।

