नयाँ बजेटमा बाबुराम भट्टराईले भने सिधासादा मतदातालाई ललिपप
काठमान्डौ – पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ बजेट सार्वजनिक भएलगतै प्रतिक्रिया दिदै ओली सरकारले सिधासादा मतदातालाई ललिपप बाँडेको बताएका छन् ।
आर्थिक वर्ष २०७८/२ ७९ सालको बजेटबारे प्रतिक्रिया दिँदै उनले नहुने चुनावमा एमालेको घोषणापत्र भएको समेत प्रतिक्रिया दिए ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भनेका छन् : ‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन सिधासादा मतदातालाई ललिपप बॉडेको देखियो।उनले पपुलिज्मममा पनि कुनै सिर्जनात्मकता नदेखिएका बताएका छन् । बजेटमा उनै घिसेपिटेका नारा र कार्यक्रममा मात्र भेटिएको बताउँदै उनले भनेका छन्: ‘उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !

