अविश्वासको सरकारले ल्याएको बजेट खारेज : तरुणदल अध्यक्ष हरि बिष्ट
सुर्खेत – नेपाल तरुणदल सुर्खेतका अध्यक्ष युवा नेता हरि बिष्टले अविश्वासको सरकारले ल्याएको बजेट खारेज हुने बताएका छन ।
संसद विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा सुनुवाई हुँदै छ संसद पुनस्थापना हुन बित्तिकै अविश्वासको सरकारले ल्याएको बजेट खारेज हुने उन्ले बताए ।
बिस्ट लेख्छन बिपक्षि ५ दलले यो बजेटको बिरोध किन गरेनन् भन्ने लागेको होला । हामीलाई विश्वास छ संसद पुनस्थापना पश्चात् चोर बाटो बाट बिश्वासको मत नपाएको अविश्वासको सरकारले ल्याएको बजेटै खारेज हुन सक्छ ।
कार्यान्वयन नहुने बजेटको बिरोध गरेर समय खेर फाल्न नहुने पनि बिष्टले बताए ।
काम चलाउ प्रधानमन्त्री ओलीले गत ७ गते दोस्रो पटक संसद विघटन गरेका छन ।
संसद पुनस्थापनाको माग गर्दै सर्वोच्चमा ३० ओटा रिट दायर भएका छन ।जस्को गत बिहिबारबाट सुनुवाई भैइरहेको छ ।
विपक्षी पाँच गठबन्धनका बहुमत नेता सांसदले संसद पुनस्थापनाको माग सहित नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तको माग गर्दै सर्वोच्चमा रिट दिएका हुन ।

