Gold
Bangad salyan

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न नेपाल आदिवासी महासंघको माग

जेठ २३, काठमान्डौ – नेपाल आदिवासी जनजाति महासंघले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

माहसंघले आज एक विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको हो । महासंघले घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा संलग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडाभन्दा कडा कार्बाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरु तथा सम्बन्धित  निकायहरूलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा भनीएको छ  ,यस घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा संलग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडाभन्दा कडा कारवाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरु तथा सम्बन्धित सम्पूर्ण निकायहरूलाई महासंघ जोडदार आग्रह गर्दछ ।,

विभिन्न बहानामा सत्ता र शक्तिको दुरूपयोग गर्दै अनुसन्धान कमजोर बनाउने, अभियुक्तहरूलाई उन्मुक्ति दिनेजस्ता कार्यहरू सम्बन्धित जिम्मेवार संयन्त्रहरूबाट नहोस् भन्ने गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।

महासंघले कानूनी राज्यको प्रत्याभूत दिलाउन सम्बन्धित (स्थानीय तह, प्रदेश, संघीय) सरकार, न्यायालय, प्रहरी प्रशासन र मानवअधिकारवादी संस्थाहरूलाई गम्भीर हुन र न्याय प्रत्याभूत गर्न गराउन समेत विशेष आग्रह गरेको छ ।

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरेको थियो ।

उनीहरुले गुर्भाकोट नगरपालिका ९ स्तिथ एक होटेलमा राउटे युवतिलाई राखेर यौनजन्य क्रियाकलाप गरेर भिडियो    बनाएका थिए । भिडियो सामाजिक संजालमा पोस्ट भएको जानकारीपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको छ ।