Gold
Bangad salyan

पर्वतमा खानेपानीको समस्या स्थानीयहरु घण्टौँ पैदल हिडेर गाग्रीमा पानी बोक्छन

जेठ २३, पर्वत – पर्वतको जलजला गाउँपालिका-८ मा अझैपनि खाने पानीको समस्या छ ।

नाग्लिवाङ लुपाङका १०५ घरधूरीलाई खानेपानीको चर्को समस्या छ। अहिलेपनि स्थानीयहरु घण्टौँ पैदल हिडेर गाग्रीमा पानी बाकेर ल्याउने गर्छन्।

पानीको श्रोत पर्याप्त भएपनि विगत लामो समयदेखि यसरी बोकेर नै पानी ल्याउने गर्दछन।

गाउँपालिकामा सरकारले बर्सेनि खानेपानीको लागि भन्दै करोडौं रकम विनियोजन गरेपनी अझै पर्वको यो गाउँपालीकामा खानेपानीको अभाव देखिने गरेको छ ।