Gold
Bangad salyan

यी हुन जाजरकोट बारेकोट ६ का वडा अध्यक्ष महतरा जस्ले स्थानीय युवालाई दलित भन्दै मार्ने धम्की दिए

 

जेठ् २५, जाजरकोट – जाजरकोट बारेकोट गाँउपालिका वडानं ६ का वडाअध्यक्ष तिले महतारा (भक्री)ले सोहि वडाका युवा डम्बर विस्वकर्मा माथी हातपात प्रयास तथा ज्यान मार्ने धम्की समेत दिएका छन ।

सोमबार बेलुका ५:३० बजे कार्किज्युला निज अध्यक्ष महताराको घर नजिकै हातपात स्वरुप स्थानिय काठको साधन(मुसल) उठाएर हान्न तम्सिएको तर स्थानियले रोकेर आफु जोगिएको पिडित डम्बर वि.क ले बताएका छन ।

वडाको बिकासात्मक कार्यदेखी,योजना तर्जुमा र सार्वजनिक सम्पतिको बिषयमा आवाज उठाएदेखी हातपात को प्रयास गरेक हुन् ।

पीडित युवा डम्बर बहादुर विक

निरंकुशवाद,नातावाद,सामन्तवदि परम्परागत रुढीबादी सोचबाट ग्रसित वडाअध्यक्ष महताराले गतबर्ष (२०७७ आसाढ २५) को बाढीको विषयमा बोल्दा समेत आफुलाई अछुत,पानीनचल्ने,डुम जस्ता निच,अपाछ्य शब्दहरुको समेत प्रयोग गरेको तर पनि चुपलाग्नु पर्ने अवस्था रहेको पीडित डम्बर वि.क. को भनाइ छ ।

वडामा हुने सार्वजनिक महत्व,योजना तर्जुमा छनोट,आयोजनाका कामहरुमा समेत एकलौटी ढङ्गले कसैलाई जानकारी नगराउने गरेकोले सिंगो दलित बस्तीनै मारमा रहेको त्यहाका दलित समुदाय(ताँसी) को गुनासो रहेको छ ।

वडाको सार्वजनिक सम्पतिको चरम दुरुपयोग,भ्रष्टाचार,राहत,लक्षित बर्गको बजेट तथा कार्यक्रम आदि विषयमा युवा डम्बर ले व्यापक बिरोध गर्ने भएकोले अध्यक्ष महतारा आफुप्रती सधै नकारात्मक रहेको उनले बताए ।

वडाको दलित समुदायलाई होच्याउने,हेप्ने,डुम जस्ता अपाछ्य शब्दहरु प्रयोग गर्ने वडाअध्य्क्षको क्रियाकलाप ले गर्दा सिंगो दलित समुदाय दविएर बस्नुपरेको र सधै धम्कीपुर्ण व्यवहारले गर्दा असुरक्षित भएको बारेकोट-६- ताँसिका दलितहरुको भनाई रहेको छ ।

नेपाली जनताको त्याग, वलिदान महान जनयुद्ध,सहिदहरुको रगतबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा पनि राज्यको जिम्मेवार व्यक्तिबाट हेपिनु,दविनु निर्मम शब्दहरु प्रयोग गरिनु सिंगो दलित समुदायकै लागी खेदजनक रहेको छ ।सम्बन्धित स्थानीय निकायले तत्काल ध्यान पुर्याउने देखिन्छ ।