दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नदिएको भन्दै दुलहीमाथि कुटपिट
जेठ २८ ,महाेत्तरी – महाेत्तरीमा दाइजो भने जस्तो नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै उनीमाथि घरपरिवारले कुटपिट गरेको छ।
गत बैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनको विवाह गरेकी उनलाई चार दिनमै दाइजो नदिएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनलाई कुटपिट गर्न थालेका थिए ।
विवाहको पाँचौ दिनमा उनि माईति गएकि थिइन् ,दैजोको निहुमा आफ़ुलाऊ कुटपिट गरेको आफ्नो घरपरिवारलाई बताएपछि केहिदिनमा औनी घर फर्केकी थिइन्।
घर आएलगतै परिवारले आफूमाथि झन् धेरै दुर्व्यवहार भएकाे र कुटपिट गरेको दुलहीले बताईन ।कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले सर्लाहीको जिल्ला अस्पतालमा उपचार गरेपछि उनको समस्या सामान्य छ।
दोषीलाई कारबाहीको माग गर्दै माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन। कुटपिटमा संलग्न ससुरालाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य दोषीको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडले बताए।
विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिईएको थियो । दाईजो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका थिए ।

