Gold
Bangad salyan

नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आत्मालोचना गर्दै मागे माफी

जेठ २९, काठमान्डौ – बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा बोल्दै शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएर आवेगमा आएर यस्तो बोलेको भन्दै मागी मागेका हुन।

शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले यस्तै अवस्थामा छोड्ने हो भने देश खाने भएको हुँदा तेसै छोडन नहुने बताएका थिए ।

ओली प्रवृत्तिका कारन देश बचाउन नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए ।

नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

संविधानमा व्यवस्था भए अनुसार आफूले आफ्नो अभिव्यक्ति दिएको र पार्टीको निर्देशन अनुसार आफूले आत्मालोचना गरेको उनको भनाइ छ ।

​ आफ्नो अभिव्यक्ति प्रति आत्मालोचना र माफी माग्दै संसद्को रेकर्डबाट त्यसलाई हटाउन सभामुख समक्ष आग्रह गरे ।

उनले आत्मालोचना गर्दै माफी मागेकाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन । उन्को अभिव्यक्ति पछि चौतर्फी आलोचना भएको थियोे ।