Gold
Bangad salyan

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेसंग अनुहार मिलेको भन्दै अर्का ब्याक्तिलाई तथानाम गालि

जेठ २९ ,काठमान्डौ – राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेसंग अनुहार मिलेको भन्दै अर्का ब्याक्तिलाई तथानाम सामाजिक सञ्जालभरि गालि बेजती गरिएको छ।

सुर्खेत गुर्भाकोट ११ मा राउटे युवतीलाई यौन दुर्व्यहारगरि युवतीको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरीले तिन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन छन्।पक्राउ परेका दोमनबहादुर घर्तीसंग यी ब्याक्तिको अनुहास मिलेको भन्दै सामाजिक सञ्जालमा उनलाई गालि गरिएको छ।

गालि खाने ब्याक्तिको नाम सागर गुरुङ्ग हो उनि अहिले रोजगारीको शिलशिलामा दुवैमा भएको बताउछन। उनले अनुहार मिल्यो भन्दैमा नचिनेर गालि नगर्दिन आग्रह गरेका छन्।

मलाई भगवानले यस्तो बनाउभो मेरो अनुहार निल्यो त म के गरु म त् कामको शिलशिलामा दुवैमा छु मलाई उक्त व्याक्तिसंग जोडेर गालि नगर्दिनुस। उनको तस्विरमा ४ सय देखि ५ सयले दैनिक गालि गरेको देखिन्छ। राउटे युवतीलाई बलात्कार गरेर भागेको छस भन्दै मलाई गालि गर्छन उनले भने।