सामाजिक सञ्जालमा चरित्र ह,त्या गर्ने दुई जना प,क्राउ
असार १ ,काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र ह,त्या गरेको आरोपमा साइबर ब्युरोले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका,१७ डल्लु बस्ने २६ वर्षीय सानु पोडे र बागलुङ नगरपालिका,८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्का रहेका छन् ।
पोडेलले नाबालिकाको फेसबुक म्यासेन्जरमा पटक-पटक अश्लील भिडियो पठाउने तथा पीडितको अनुहार एवम् अपरिचित महिलाको नग्न शरीर जोडी मोर्फेड तस्बिर/भिडियो पठाई दुःख दिनुका साथै चरित्र ह,त्या गर्ने कार्य गरेको पाइएको प्रहरीले जनाएको छ ।
यस्तै अर्का पक्राउ परेका खड्काले सामाजिक सञ्जाल फेसबुक, टिकटक, यूट्युब लगायतमा व्यक्तिहरूको तस्बिर/भिडियो दुरुपयोग गर्दै फोटोसप, मल्टिलेट गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।
प,क्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

