Gold
Bangad salyan

वाग्मतीको बजेट ५७ अर्ब ७२ करोड (पूर्णपाठ )

हेटौंडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले मंगलबार प्रदेशसभा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार रुपैयाँ र पूँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ रहेको छ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ। चालुतर्फ ४५ प्रतिशत, पूँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ चार प्रतिशत बजेट विनियोजन गरिएको हो।

बजेटमा प्रदेशभरका जनतालाई कोभिड खोप निःशुल्क लगाउन २ अर्ब, कोभिड संक्रमणका कारण आमाबुवा गुमाएका बालबालिकाका लागि मासिक ३ हजार शैक्षिकभत्ता दिइने उल्लेख छ । ब

जेटमा प्रदेश सरकारले १ सय १९ स्थानीय तहका लागि समपूरक अनुदानतर्फ २ अर्ब ९२ करोड, सशर्त अनुदानतर्फ २ अर्ब ६६ करोड, वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ७० करोड र विशेष अनुदानतर्फ ४२ करोड विनियोजन गरेको छ ।

Budget Speech 2078 -03-01