बारको निर्णय :वरिष्ठ अधिवक्ता वैद्य र उषा मल्ललाई एमिकस क्युरीमा मनोनयन
काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी (अदालतको साथी) चयन भएका छन् ।
नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा पठाउने निर्णय गरेको छ। वैद्य पूर्व महान्यायाधिवक्ता हुन् भने पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन् ।
यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई एमिकस क्युरीमा पठाउने मंगलबार नै निर्णय गरेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनको मुद्दामा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुँदैछ। जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन्।

