मेलम्ची नदीमा बाढी आयो स्थानीय भागाभाग :ठुलो क्षतिको आशंका
काठमाडौं- लगातारको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको छ। मेलम्ची तथा इन्द्रावती खोलाको बहावले आएको बाढीले नदी आसपासका आयोजनाको क्षेत्रमा का गर्ने व्यक्तिहरु बस्ने क्याम्प बगाएको बुझीएको छ।
त्यस्तै ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको छ। करिब सात बजेतिर अकस्मात आएको बाढीले स्थानीयहरु भागा भाग गरेका छ ,सो क्षेत्रमा अहिले बत्ति गएको छ।
सिसिटिभी जडान भएका छन् एकिन विवरण आउन केहि समय लाग्छ सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी राजन अधिकाले भेन।
नदीमाथि पहिले पहिरो खसेको र थुनिएको जानकारी छ, थुनिएको बहाव आएसँगै क्षति भएको बुझिएको छ। अहले घटनास्थलतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटेको अधिकारीले बताए।

