सि वाई सीका युवाहरु बाढी पिडितको लागि राहत संकलनमा जुटे
असार ४ ,काठमान्डौ- राजधानी युवा क्लब (cyc)का युवाहरु बाढी पिडितको लागि राहत संकलनमा जुटेका छन्। पिडितलाई राहत उपलब्ध गराउन आफुहरु आफ्नो ठाँउबाट लागिपरेको क्लबका आशिष खतिवडाले बताए।

रोक्नु त यताबाट पनि सहयोग आको छ ,
काठमान्डौका विभिन्न ठाँउबाट क्लबका युवाहरुले सहयोग उठाईरहेको उनले बताए। तिन दिन सम्म राहत संकलन कार्य गरेर सिन्धुपाल्चोकको हेलम्बुमा पुग्ने उनीहरुले बताए।युवाले टोल टोलमा राहतपिडितलाई सहयोग माग्दै माईकिङ्ग गरेका छन भने सहयोगी मनलाई आशिर्वाद दिने गरेका छन्।

केहि दिन देखिको लगातार वर्षाले सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रवति नदिको बाढीले नागरिकको अर्बौको क्षति हुन पुगेको छ भने २० जना हाल सम्म वेपत्ता छन्। बेपत्ता हुनेमा ३ जना भारतीय नागरिक र तीन चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशःसना कार्यालयले जनाएको छ।


