Gold
Bangad salyan

निर्देशक दिपेन्द्र तिमिल्सिना स्वास्थ्य सामग्री लिएर वृद्ध आश्रम पुगे

काठमान्डौ – नेपाली गित संगीतका चर्चित निर्देशक दिपेन्द्र तिमिल्सिनाले मानव आश्रममा पुगेर स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन ।

उनले काठमाडौको सामाखुसी टाउनप्लानिङ स्थित “मानवसेवा आश्रम” मा रहेका ३९ जना वृद्ध आमाहरु र ५ जना बालबालिकालाई अत्यावश्यकका स्वास्थ सामग्री एबम खाद्यान्न उपलब्ध गराएका हुन।

निर्देशक तिमिल्सिना र राम थापाले सेनिटाईजर ,माक्स ,डाइपर ,हार्पिक फिनेल, डिटोल साबुन ट्वाइलेट पेपर ,दाल ,चिनी ,चाउचाउ ,बिस्कुट ,चिउरा भुजिया आदि आश्रमकि स्वयंसेवीका काब्या पोखरेललाई हस्तान्तरण गरेका हुन।

विषम परिस्थितिमको बेला थोरै भएपनि आफुले पिडितलाई सहयोग गर्न पाउँदा आफुलाई स्वर्गीय आनन्दको महसुस भएको निर्देशक तिमिल्सिनाले बताए ।त्यस्तै उन्ले वृद्ध आमाहरुबाट आशिर्वाद समेत लिएका छन ।

केही दिन अगाडी मात्र निर्देशक तिमिल्सिनाले गाडी दुर्घटनामा परि नर्भिक अस्पतालमा उपचारर्थ कलाकार निशा घिमिरेलाई अस्पतालमा पुगेर सक्दो सहयोग गरेका थिए ।

गित संगीतमा आफुलाई चर्चित निर्देशकको रुपमा चिनाउन सफल तिमिल्सिना निषेधाज्ञाको बेला समाजिक काममा जुटेका छन ।