Gold
Bangad salyan

गुर्भाकोट नगरपालिका ३ लामीडाँडाको सरस्वती नेपाल राष्ट्रिय आधारभुत बिधालयलाई कक्षा ६ सम्मको अनुमति

असार ७ ,सुर्खेत – गुर्भाकोट नगरपालिका ३ लामीडाँडाको श्री सरस्वती नेपाल राष्ट्रिय आधारभुत बिधालयले कक्षा ६ सम्मको अनुमति पाएको छ।

गुर्भाकोट नगरपालिकाले शिक्षा ऐन २०७५ को नियम २० बमोजिम शैक्षिक सत्र अनुसार उक्त सामुदायिक विद्यालयलाई माग बमोजिम कक्षा थप गरेको हो।

पूर्वआधार पुरा गरेर शैक्षिक वर्षबाट नयाँ कक्षा थप तथा संचालन गर्न निवेदन दिएपछि नगर शिक्षा समितिको असार ३ गतेको बैठकले उक्त विद्यालयलाई नयाँ कक्षा संचालनको अनुमति दिएको नगरप्रमुख हस्त पुनले बताए ।

नयाँ कक्षा संचालनको अनुमति पाएपछि विद्यालयले बालविकास देखि कक्षा ६ सम्म भर्ना अभियान सुरु गरेको छ। सरस्वती नेपाल राष्ट्रिय आधारभुत बिधालयमा कक्षा ६ संचालन हुने भएपछि ५ कक्षा उतिर्ण गरेका बालबालिकालाई टाढा पढ्न जान कठिन हुने छैन।

यो भन्दा अगाडी झन्डै आवत जावतमा ६ देखि सात घण्टा लाग्ने कालिका मावि धारापानीमा बालबालिकाहरु पढ्न जाने गरेका थिए। यस्तै यो वर्षबाट सरस्वती जुरीचुला टिम्मुरे र सरस्वती डोबका कक्षा ५ उतिर्ण गरेका बालबालिकाले आधारभुत बिधालय लामीडाँडामा पढ्न पाउनेछन्।

लामीडाँडाको  विद्यालयमा २ स्थायी १ अस्थायी १ बालबिकास २ निजि र एक जना कार्यलय सहयोगी गरि जम्मा ७ जना शिक्षक रहेका छन्। जसमा तिन जनाले कक्षा ६ लाइ अध्यापन गराउने उक्त विद्यालयका सिक्षक हिरालाल खत्रीले बताए। भर्ना अभियान सुरु भएको हुँदा कति विद्यार्थी संख्या पुग्छ भन्ने पछि थाहा हुने खत्रीले बताए।

 

यस्तै नगरपालिकाले थप यी विद्यालयमा पनि नयाँ कक्षा संचालन गरेको छ।